विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन « Khabarhub

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

सुवास पोखरेल भन्छन् : अब उहाँले आराम गरेर किताब लेख्ने हो


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको छ। अब नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ।

विशेष महाधिवेशन प्रचार-प्रसार समिति संयोजक सुवास पोखरेलले मंगलबार भृकुटीमण्डपस्थित मिडिया सेन्टरमा गरेको नियमित ब्रिफिङमा यस्तो जानकारी दिएका हुन् ।

पोखरेलका अनुसार महाधिवेशन चार दिनसम्म चल्ने निश्चित भएको छ। बन्दसत्रको काम सकिएपछि नेतृत्व चयनको निर्वाचन प्रक्रिया सुरु हुने छ। भोलि (बुधबार) देखि निर्वाचन अघि बढ्ने सम्भावना रहेको उनले बताए।

सभापति शेरबहादुर देउवा पक्षसँग समझदारीको प्रयास जारी रहेको छ। मंगलबार दुई चरणमा वार्ता भएको र विभिन्न क्षेत्र तथा विषयमा छलफल भइरहेको पोखरेलले जानकारी दिए। उनका अनुसार अन्य विषयमा कुरा मिले पनि नेतृत्व परिवर्तनको मुद्दामा सहमति जुट्न सकेको छैन।

‘विशेष महाधिवेशन नीति र नेतृत्व फेर्नका लागि नै गरिएको हो,’ पोखरेलले भने, ‘सभापति देउवाले नेतृत्व छाड्न तयार नभएका कारण कुरा अड्किएको छ। उहाँले अब आगामी निर्वाचन लड्नु हुँदैन। बयोवृद्ध उमेरमा आराम गर्नुपर्छ, किताब लेख्नुपर्छ। एउटा सिट जित्दा केही हुँदैन, समानुपातिकमा पनि मनोमानी चल्छ, एमालेसँग उठबस गर्छ भन्ने मतदाताको गुनासो छ। त्यसैले उहाँले विश्राम लिनुपर्छ।’

आज रातिसम्म सहमति जुट्ने सम्भावना रहेको र नभए भोलि निर्वाचन अघि बढ्ने उनले बताए।मतदाता नामावलीमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम तीन वर्षसम्म कायम रहेको उल्लेख गर्दै पोखरेलले पार्टीको व्यवस्थापनप्रति प्रश्न उठाए। ‘यसबाट कांग्रेस कसरी चलेको रहेछ भन्ने थाहा हुन्छ,’ उनले भने।

विशेष महाधिवेशन हलले नीतिसँगै नेतृत्व परिवर्तनको सन्देश दिएको उनको भनाइ छ। ‘सभापतिबाट देउवाले बिदा हुनैपर्छ, यो हलको सन्देश हो,’ उनले भने ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने अधिकार कसैसँग नभएको पोखरेलले स्पष्ट पारे। ‘२४९८ जना महाधिवेशन प्रतिनिधिले बोलाएर उहाँहरू उद्घाटन गर्न आउनुभएको हो। कारबाही गर्ने भए सबै प्रतिनिधिलाई गर्नुपर्छ। यो हलको म्यान्डेट युवा नेतृत्व आउनुपर्छ भन्ने हो’, उनले भने ।

विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र परिवर्तनको अपेक्षा गरेको छ, तर संस्थापन पक्षसँगको वार्ता निर्णायक बन्ने देखिएको छ। सहमति नजुटेमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने प्रक्रिया अघि बढ्ने पोखरेलले बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ८ : १८ बजे

उदयपुरमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र