पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट « Khabarhub

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । 

दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले हाल अनलाइन टिकट बुकिङ प्रणाली परीक्षण चरणमा रहेको जानकारी दिए । उनका अनुसार अहिले सङ्ग्रहालय परिसरमा रहेका दुईवटा काउन्टरमार्फत टिकट वितरण हुँदै आएको छ भने टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था पहिले नै सुरु भइसकेको छ ।

‘हालसम्म भौतिक काउन्टरबाट टिकट काट्नुपर्ने बाध्यता थियो’, प्रमुख लाखेले भने, ‘अब घरबाटै अनलाइन माध्यम प्रयोग गरी टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेपछि पर्यटकहरूका लागि अझ सहज हुनेछ । हामी यो प्रणाली छिट्टै औपचारिक रूपमा सुरु गर्ने तयारीमा छौँ, अहिले परीक्षण भइरहेको छ ।’

अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने, समयको बचत हुने तथा पर्यटक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास सङ्ग्रहालय प्रशासनले लिएको छ । विशेषगरी पर्यटकको चाप बढी हुने सिजनमा यसले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : ५५ बजे

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा

सियोल– उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग

काठमाडौं– भोटेकोशी बाढीपीडितलाई युनिलिभर नेपाल लिमिटेडले राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप