रास्वपाबारे मौन जसपा नेपाल संविधानको रिस पोख्दै कांग्रेस, एमाले र माओवादीमाथि खनियो « Khabarhub

रास्वपाबारे मौन जसपा नेपाल संविधानको रिस पोख्दै कांग्रेस, एमाले र माओवादीमाथि खनियो


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले आफ्नो चुनावी घोषणापत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाको कडा आलोचना गरेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार सार्वजनिक गरेको आगामी निर्वाचनको घोषणापत्रको सुरूवातमै मुख्यतया कांग्रेस, एमाले र माओवादीको तिखो आलोचना गरिएको हो ।

जसपाले तीन ठूला दलहरूलाई परिवर्तनको एजेन्डाबाट टाढिएको, सत्ताको लागि मात्र सक्रिय भएको र संविधानलाई अपूर्ण बनाएको आरोप लगाएको छ। तर जसपाले आफूलाई विकल्पका रुपमा अगाडि सारेकै राष्ट्रिय स्वतन्त्र पार्टीबारे कुनै टिप्पणी गरेको छैन ।

‘नेपालको राजनीतिक इतिहासमा भएका संघर्षहरू (सशस्त्र विद्रोह, जनआन्दोलन, मधेश जनविद्रोह आदि) को परिणामस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि संविधानमा त्रुटि रहेको छ’, घोषणा पत्रमा भनिएको छ, ‘यसलाई पूर्ण बनाउन प्रमुख दलहरूले कुनै पहल गरेको देखिएन।’

कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) ले बहुमतको दम्भमा संविधान जारी गरेको आरोप जसपाले लगाएको छ । ‘पहिचान र सामर्थ्यमा आधारित राज्य पुनर्संरचना गर्ने आफ्नै प्रतिबद्धताविपरीत उनीहरूले काम गरेका छन्’, अगाडि भनिएको छ, ‘यी दलहरूले संविधानसभाको निर्वाचनमा जनतासँग गरेको वाचा उल्ट्याएका छन् ।’

परम्परागत राजनीतिक शक्तिहरू (यी दलहरू) आफ्नै एजेन्डामा टिक्न नसकेर परिवर्तनका एजेन्डाबाट टाढिँदै गएको पनि जसपाको ठहर छ । ‘सत्ता प्राप्ति, शक्ति आर्जन, स्रोत–साधनमाथि आधिपत्य जमाउने र राजनीतिक अस्थिरता निम्त्याउने चरित्र उनीहरूमा छ’, जसपाले भनेको छ, ‘साम्यवादी लक्ष्य बोकेका कम्युनिस्ट घटकहरू र नवउदारवादी पूँजीवादी व्यवस्थाको रक्षा गर्ने कांग्रेसको राजनीतिक चरित्र सत्ता प्राप्तिमै सीमित भएको छ।’

यी दलहरूले आफैंले गरेका सहमति, समझदारी र सम्झौताप्रति प्रतिबद्धता नदेखाएको, अपूर्ण संविधानलाई पूर्ण र सर्वस्वीकार्य बनाउने दिशामा कुनै प्रयास नगरेको आरोप पनि जसपाले लगाएको छ।

यहीकारण जसपा नेपालको बनेको जनाउँदै घोषणा पत्रमा यसले नेपाली समाजको बहुलता, विभेदमुक्ति, राष्ट्रिय/जातीय पहिचानसहितको संघीयता, समाजवादी अर्थ–राजनीतिक दिशा, समावेशी लोकतन्त्र र सुशासनलाई जोड दिने दाबी गरिएको छ । यो घोषणापत्रमा तीन ठूला दलहरूको आलोचना गरेरै आफ्नो वैधता र आवश्यकता स्थापित गर्न खोजेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  २ : ५४ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग