समानुपातिकका विजेता छान्दै रास्वपा, थाल्यो आन्तरिक छलफल « Khabarhub

समानुपातिकका विजेता छान्दै रास्वपा, थाल्यो आन्तरिक छलफल


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूचीमा को कोलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफल जारी छ। 

पार्टी सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह, सहित दुई उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले र विज्ञ टिम सहितको समूहले समानुपातिकमा पठाउने नामहरूको विषयमा छलफल गरिरहेको हो।

पार्टी सभापति रवि लामिछाने अस्वस्थताका कारण सार्वजनिक कार्यक्रममा ननिक्लिए पनि भर्चुअल र घरमै बैठक राखेर समानुपातिकको नाम पठाउने विषयमा छलफल गरिरहेका छन्।

पार्टीका शीर्षस्थ नेताका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार बेलुकासम्ममा एक चरणको बैठक राख्ने तयारी गरेको छ। यदि नमिलेको खण्डमा शनिबार सचिवालय बैठक र केन्द्रीय समिति बैठक राख्ने अवस्था रहेको ती नेताको भनाइ छ।

समानुपातिकको विवरण  विवेकशील साझासँगै बालेन्द्र शाह निकट नेता र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई समेटेर बुझाउनुपर्नेछ।
बिहीबार नै निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उममेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ ।

आयोगले समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ । जसअनुसार ६ दलले समानुपातिकतर्फ सिट पाएका छन् ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४-४ सिट पाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १२ : ०६ बजे

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर