निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने « Khabarhub

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्यालो बनाउन यहाँको उद्योग सङ्घ, सिटिइभिटी तथा घरेलु कार्यालयसँग सहकार्य गरी दुई चरणमा व्यावसायिक तालिम उपलब्ध गराउने पहल गरिएको बताए  । 

उनका अनुसार एक वर्षमा एक हजार २०० जनालाई  र अर्को वर्ष बाँकीलाई तालिम दिने व्यवस्था गरिनेछ । समिति गठन गरी त्यसैमार्फत इच्छुक निर्वाचन प्रहरीलाई निःशुल्क रूपमा तालिम उपलब्ध गराइने उनले जानकारी दिए ।

निर्वाचनका क्रममा उत्कृष्ट काम गरी निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा निर्वाचन प्रहरीलाई धन्यवाद व्यक्त गर्दै प्रजिअ अर्यालले भने, ‘चितवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना भएर काम गरेका निर्वाचन प्रहरीलाई हामीले बिदाइ गरेका छौँ । उहाँहरूलाई घर मात्रै नपठाएर एउटा प्याकेजसहित बिदाइ गरेका हौँ ।’

बिदाइ कार्यक्रममा जिल्लामा रहेका सिटिइभिटीका कार्यालय प्रमुखहरू, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा उद्योग सङ्घका अध्यक्षसहितको टोलीसँग छलफल गरी तालिमको व्यवस्था गर्ने सहमति गरिएको प्रजिअ अर्यालले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखको संयोजकत्वमा समिति गठन गरी इच्छुक निर्वाचन प्रहरीलाई तत्काल सम्पर्क गरेर तालिम व्यवस्थापन गरिने उनले जानकारी दिए । 

उनले भने, ‘यदि तपाईँहरू खाली बस्न चाहनुहुन्न भने सम्पर्कमा आउनुहोस् । निःशुल्क तालिमको व्यवस्था हुनेछ ।’ 

तालिम लिएका व्यक्ति बेरोजगार बस्नुपरेको उदाहरण कम रहेको उल्लेख गर्दै प्रजिअ अर्यालले इच्छुक निर्वाचन प्रहरीलाई व्यावसायिक सीप सिक्न आग्रह गरे । निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बलतर्फ ३२५ गरी दुई हजार ७६६ निर्वाचन प्रहरी सहभागी भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ३ : ५९ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी