राप्रपाका एकमात्रै सांसद ज्ञानेन्द्र शाहीको चुनाव खर्च २० लाख ५५ हजार रुपैयाँ « Khabarhub

राप्रपाका एकमात्रै सांसद ज्ञानेन्द्र शाहीको चुनाव खर्च २० लाख ५५ हजार रुपैयाँ


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यस पटकको निर्वाचनमा एकमात्रै विजयी सांसद ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

राप्रपा प्रवक्ता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य शाहीले फागुन २१ गते सम्पन्न निर्वाचनमा २० लाख ५५ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

उक्त निर्वाचन अभियान सफलतापूर्वक सञ्चालन गर्न आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।

शुभेच्छुकहरूको विश्वास, साथ र हौसलाले आफूलाई अझै जिम्मेवार र सेवामुखी भएर काम गर्न प्रेरणा दिएको पनि उनले बताएका छन् ।

दोस्रो पटक जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित शाहीले आगामी दिनहरूमा जनताको माया, सुझाव र निरन्तर साथ पाउने आशा व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ५ : १३ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी