ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि « Khabarhub

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । 

यसअघि उक्त नगरपालिकाको वडा नंं ७, ८ र ९ का पाँच जना दादुरा सङ्क्रमित पुष्टि भएको थियो । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए । प्रमुख गौतमले दादुरा सङ्क्रमित सबैको बुर्तिवाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको जानकारी दिए । 

दादुरा सङ्क्रमण देखिएको ठाउँबाट फैलिन नदिनेका लागि रोकथाम तथा नियन्त्रणको प्रयास गरिएको उनले बताए । हाल नगरपालिकामा ८३ शङ्कास्पद बिरामी छन् । २१ नमूना परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । दादुरा सङ्क्रमितको समुदायमा खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको जनाइएको छ । 

ढोरपाटनमा दादुराविरुद्धको विशेष खोप अभियान भोलि शनिबार देखि चैत १ गतेसम्म सञ्चालन गरिने बताए । नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप दिन लागिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ८ : ०० बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा