आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा « Khabarhub

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । अहमदावादमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गर्दै गुजरातले लगातार पाँचौँ जित निकालेको हो ।

जितसँगै गुजरातको १० खेलबाट १६ अंक भएको छ । पराजित हैदरावाद भने १४ अंकसहित तेस्रो स्थानमा छ ।

गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४.५ ओभरमा मात्र ८६ रनमा समेटियो । हैदरावादका लागि कप्तान प्याट कमिन्सले बनाएको १६ रन नै सर्वाधिक स्कोर रह्यो । टोलीका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्न गुजरातका जेसन होल्डर र कगिसो रबाडाले घातक बलिङ गरे । होल्डरले २० रन खर्चेर ३ विकेट लिए भने रबाडाले २८ रन खर्चेर समान तीन विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । उसका लागि साई सुदर्शनले ६१ र वासिङ्टन सुन्दरले ५० रनको अर्धशतकीय योगदान दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : १५ बजे

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले