आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा « Khabarhub

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । अहमदावादमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गर्दै गुजरातले लगातार पाँचौँ जित निकालेको हो ।

जितसँगै गुजरातको १० खेलबाट १६ अंक भएको छ । पराजित हैदरावाद भने १४ अंकसहित तेस्रो स्थानमा छ ।

गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४.५ ओभरमा मात्र ८६ रनमा समेटियो । हैदरावादका लागि कप्तान प्याट कमिन्सले बनाएको १६ रन नै सर्वाधिक स्कोर रह्यो । टोलीका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्न गुजरातका जेसन होल्डर र कगिसो रबाडाले घातक बलिङ गरे । होल्डरले २० रन खर्चेर ३ विकेट लिए भने रबाडाले २८ रन खर्चेर समान तीन विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । उसका लागि साई सुदर्शनले ६१ र वासिङ्टन सुन्दरले ५० रनको अर्धशतकीय योगदान दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल