आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा « Khabarhub

आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह र कासिगो रबाडा सर्वाधिक विकेटकर्ताको दौडमा छन् । रोयल च्यालेन्जर्स बंगलोरुका भुवनेश्वर कुमारले ११ खेल खेल्दै २१ विकेट हात पारेका छन् । उनले ४३ ओभर बलिङ गर्दा ३२१ रन खर्चिएर २१ विकेट लिएका हुन् ।

उनीसँग प्रतिस्पर्धामा रहेका गुजरात टाइटेन्सका कासिगो रबडाले समान २१ विकेट हात पारेका छन् । १२ खेल खेल्दा उनले ४६ ओभर बलिङ गर्दा ४२१ रन खर्चिएर २१ विकेट लिएका हुन् ।

अहिलेसम्म रनरेटका आधारमा भुवनेश्वरकुमार समान २१ विकेट लिए पनि सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । रबडा दोस्रो स्थानमा छन् ।

१९ विकेट हात पारेका चेन्नई सुपर किंग्सका अंशुल कम्बोज तेस्रो स्थानमा छन् । उनले ११ खेल खेल्दा ३६५ रन खर्चिएका छन् ।

समान १६ विकेट हात पारेका प्रिन्स यादव, राशिद खान र एशान मलिंगा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ९ : ५१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल