आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा « Khabarhub

आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह र कासिगो रबाडा सर्वाधिक विकेटकर्ताको दौडमा छन् । रोयल च्यालेन्जर्स बंगलोरुका भुवनेश्वर कुमारले ११ खेल खेल्दै २१ विकेट हात पारेका छन् । उनले ४३ ओभर बलिङ गर्दा ३२१ रन खर्चिएर २१ विकेट लिएका हुन् ।

उनीसँग प्रतिस्पर्धामा रहेका गुजरात टाइटेन्सका कासिगो रबडाले समान २१ विकेट हात पारेका छन् । १२ खेल खेल्दा उनले ४६ ओभर बलिङ गर्दा ४२१ रन खर्चिएर २१ विकेट लिएका हुन् ।

अहिलेसम्म रनरेटका आधारमा भुवनेश्वरकुमार समान २१ विकेट लिए पनि सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । रबडा दोस्रो स्थानमा छन् ।

१९ विकेट हात पारेका चेन्नई सुपर किंग्सका अंशुल कम्बोज तेस्रो स्थानमा छन् । उनले ११ खेल खेल्दा ३६५ रन खर्चिएका छन् ।

समान १६ विकेट हात पारेका प्रिन्स यादव, राशिद खान र एशान मलिंगा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ९ : ५१ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित