‘नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ’ « Khabarhub

‘नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ’

'प्रधानमन्त्रीले सदन छल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत'


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित हुने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अघि सार्ने तयारीको संवैधानिक जानकारले आलोचना गरेका छन् ।

संवैधानिक जानकार राजेन्द्र फुयालले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने र यसमा अरूलाई जिम्मेवारी सुम्पिनु ‘अशोभनीय’ हुने बताएका हुन् । कार्यसूची अनुसार आज प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी भए पनि उनले आफ्नो जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई सुम्पेका छन् ।

“नीति तथा कार्यक्रममाथि विपक्षीले राखेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्छ, उहाँ नआउने कुरा कल्पनासम्म गर्न सकिँदैन,” फुयालले भने, “म अपेक्षा गर्छु प्रधानमन्त्री आफैँ आएर जवाफ दिनुहुनेछ ।”

फुयालका अनुसार अन्य समयमा प्रधानमन्त्रीको कार्यव्यस्तता हुँदा अर्थमन्त्री वा अन्य मन्त्रीले जवाफ दिनु स्वभाविक भए पनि नीति तथा कार्यक्रमको हकमा भने यो परम्परा र अभ्यासविपरीत हुने देखिन्छ । “राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि क्षेत्रमा प्रयोग नभएको अभ्यास यहाँ हुनु उपयुक्त हुँदैन,” उनले थपे ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने गरी तयारी भएपछि संसद्‍मा विपक्षी दलले समेत विरोध गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ११ : ०१ बजे

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ