‘नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ’ « Khabarhub

‘नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ’

'प्रधानमन्त्रीले सदन छल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत'


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित हुने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अघि सार्ने तयारीको संवैधानिक जानकारले आलोचना गरेका छन् ।

संवैधानिक जानकार राजेन्द्र फुयालले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने र यसमा अरूलाई जिम्मेवारी सुम्पिनु ‘अशोभनीय’ हुने बताएका हुन् । कार्यसूची अनुसार आज प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी भए पनि उनले आफ्नो जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई सुम्पेका छन् ।

“नीति तथा कार्यक्रममाथि विपक्षीले राखेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्छ, उहाँ नआउने कुरा कल्पनासम्म गर्न सकिँदैन,” फुयालले भने, “म अपेक्षा गर्छु प्रधानमन्त्री आफैँ आएर जवाफ दिनुहुनेछ ।”

फुयालका अनुसार अन्य समयमा प्रधानमन्त्रीको कार्यव्यस्तता हुँदा अर्थमन्त्री वा अन्य मन्त्रीले जवाफ दिनु स्वभाविक भए पनि नीति तथा कार्यक्रमको हकमा भने यो परम्परा र अभ्यासविपरीत हुने देखिन्छ । “राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि क्षेत्रमा प्रयोग नभएको अभ्यास यहाँ हुनु उपयुक्त हुँदैन,” उनले थपे ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने गरी तयारी भएपछि संसद्‍मा विपक्षी दलले समेत विरोध गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ११ : ०१ बजे

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई