विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह « Khabarhub

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ ।

बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

श्रीलङ्का र थाइल्यान्डका स्थायी नियोगद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति, आध्यात्मिक पुनर्जागरण र साझा मानवीय मूल्यको प्रतीकका रूपमा प्रस्तुत गरेको उक्त नियोगले जनाएको छ ।

उनले करुणा, अहिंसा, सचेतना, एकता र ज्ञानसम्बन्धी बुद्धका कालजयी शिक्षाहरू द्वन्द्व, विभाजन, असमानता तथा जलवायु चुनौतीले ग्रस्त वर्तमान विश्वमा अझ सान्दर्भिक रहेको उल्लेख गरे ।

राजदूत थापाले ‘वेसाक’ केवल धार्मिक उत्सव नभई विश्व शान्ति, सद्भाव र मानवताका लागि न्यायपूर्ण तथा दिगो भविष्य निर्माण गर्ने सामूहिक आह्वान भएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : २४ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा