यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी « Khabarhub

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

महासंघको ७औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबारका लागि तय गरिएको मतदान उम्मेदवारी दर्तामा विवाद भएपछि स्थगित गरिएको थियो । त्यसपछि बुधबार बिहान ७ बजेदेखि मतदान सुरु गरिएको हो ।

२७ वैशाखबाट सुरु भएको महाधिवेशन २९ वैशाखसम्म सञ्चालन हुने कार्यक्रम रहेको थियो ।

महासंघका अनुसार देशभरबाट आएका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिले यसपटक विद्युतीय मतदान मेसिन (ईभीएम) मार्फत मतदान गरिरहेका छन् । मतदान प्रक्रिया साँझसम्म जारी रहने जनाइएको छ ।

मतदानबाट निर्वाचित हुने नयाँ कार्यसमितिले आगामी तीन वर्षसम्म महासंघको नेतृत्व सम्हाल्नेछ ।

महासंघको केन्द्रीय अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षद्वय पुण्यप्रसाद सिटौला र हरिशरण केसीबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : २८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा