संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग « Khabarhub

संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सङ्घीय संसद्को संयुक्त बैठकसँग सम्बन्धित विषयमा उठेका प्रश्नबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन् ।

सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउनु उपयुक्त हुने बताउँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराए । उनले संसद्को गरिमा जोगाउन सरकार र संसद् दुवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

त्यस्तै, सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै राजनीतिक दल, सरकार र सांसदहरूबाट समान रूपमा पालना हुनुपर्नेमा जोड दिए । उनीहरूले संसद्लाई प्रभावकारी र मर्यादित बनाउने दायित्व सबै पक्षको भएको उल्लेख गरे।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : ३५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा