बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले « Khabarhub

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबारको संसद् बैठकमा बोलेका तीन शब्द रेकर्डबाट हटाउन लगाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनाल र रमेश प्रसाईंले बादलको भनाइप्रति गम्भीर असहमति जनाउँदै बैठकमा नियमापत्ति गरेका थिए।

त्यसपछि बुधबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्यालले बादलद्वारा मंगलबार भएको सम्बोधनका क्रममा तीनवटा शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुख अर्यालले बादलले मंगलबार गरेको सम्बोधनका क्रममा नेपाली सेना, जेन-जी आन्दोलनसहितबारेमा कडा टिप्पणी गरेका थिए ।

त्यसक्रममा उनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका संरचना जल्दा नेपाली सेना मुकदर्शक र रमिते बनेको बताएका थिए।

त्यसैगरी बादलले अहिले रास्वपाकै सांसद रहेका कतिपयले राष्ट्रिय झन्डा ओढेर देश जलाउन हिँडेको बताएका थिए ।

बादलले अहिलेको संसद्मा रहेका रास्वपा सांसदहरूलाई पनि अराजकहरूको भिडको संज्ञा दिएका थिए ।

सभामुखले हटाउन लगाएका तीन शब्द

सभालाई अराजकहरूको भिड
राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू
नेपाली सेना मुकदर्शक

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : ५२ बजे

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र