नेपालमा हान्टा भाइरसको जोखिम कति ?  « Khabarhub

नेपालमा हान्टा भाइरसको जोखिम कति ? 


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय विश्वका केही भागमा देखिएको ‘हान्टा भाइरस’का बारेमा नेपालमा पनि चासो र चिन्ता व्यक्त हुन थालेको छ । 

यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणका लागि विशेष जानकारी जारी गर्दै नेपालमा यसको जोखिमका बारेमा प्रस्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा हान्टा भाइरसको संक्रमण पुष्टि भएको छैन । हाल चर्चामा रहेको हान्टा भाइरस समूहको ‘एन्डिज भाइरस’ सार्ने मुसाहरू नेपालमा सामान्यतया पाइँदैनन् । त्यसैले, नेपालमा यसको तत्काल जोखिम अत्यन्तै न्यून रहेको मन्त्रालयले जनाएको छ ।

के हो हान्टाभाइरस ?

हान्टा भाइरस एक दुर्लभ भाइरल रोग हो । यो मुख्यतया संक्रमित मुसाहरूबाट मानिसमा सर्ने गर्दछ । मुसाको पिसाब, दिसा, र्‍याल वा तिनीहरूले दूषित बनाएको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा यो भाइरसको सङ्क्रमण हुन सक्छ ।

वैज्ञानिक अध्ययनहरूका अनुसार यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना निकै कम हुन्छ । अत्यन्त नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूमा मात्र सीमित अवस्थामा यो सर्न सक्ने सम्भावना रहन्छ।

यद्यपि नेपालमा जोखिम कम छ, तर सरसफाइ र सावधानी अपनाउनु सधैं राम्रो हुन्छ ।

मन्त्रालयले निम्न उपायहरू अपनाउन सुझाव दिएको छ ।

घर र वरपरको वातावरण सधैं सफा राख्ने ।

घरभित्र मुसा प्रवेश गर्न सक्ने सम्भावित दुलो वा प्वालहरू बन्द गर्ने ।

मुसाको फोहोर सफा गर्दा अनिवार्य रूपमा मास्क र पञ्जाको प्रयोग गर्ने ।

साबुनपानीले नियमित हात धुने बानी बसाल्ने ।

अचानक ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

अफवाहको पछि नलाग्न अनुरोध

स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जालमा फैलिन सक्ने गलत सूचना र अफवाहको पछि नलाग्न तथा अनावश्यक आतङ्क सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ । आधिकारिक निकाय र स्वास्थ्य मन्त्रालयबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न मन्त्रालयको आग्रह छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : ५५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा