शिव परियारको स्वरमा ‘दिल परानी’ सार्वजनिक « Khabarhub

शिव परियारको स्वरमा ‘दिल परानी’ सार्वजनिक


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली लोक आधुनिक शैलीमा तयार पारिएको प्रेम-वियोग भाव मिश्रित गीत ‘दिल परानी’ भिडियोसहित सार्वजनिक भएको छ । 

सुमधुर स्वरका धनी लोकप्रिय गायक शिव परियार र अनु चौधरीको स्वरमा रहेको यस गीतमा चर्चित मोडल गरिमा शर्मा र नवप्रवेशी मोडल उमेश सोनामको अभिनय देख्न सकिन्छ ।

यस गीतमा राज क्षितिजको शब्द, मनोज मालेको सङ्गीत, विशाल निरौलाको सङ्गीत संयोजन र साजन शाहको मिक्सिङ रहेको छ ।

निकेश खड्काको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।  भिडियोको रङ सुधार (कलर ग्रेडिङ) राजेन्द्र मोक्तानले गरेका छन् र शृङ्गार समरा जोशीको रहेको छ ।

उमेश सोनामको निर्माणमा तयार पारिएको यो म्युजिक भिडियो नगरकोटमा छायाङ्कन गरिएको हो । गीत शुक्रवार शिव परियार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  १२ : ५१ बजे

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एक शव फेला

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी