सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त « Khabarhub

सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति थापाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय उमेरमा निधन भएका भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भण्डारीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्थापनाकालमा झापा जिल्ला र विशेषगरी मेची क्याम्पसको विद्यार्थी राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माको परिवारका ज्येष्ठ अभिभावकसमेत रहेका स्वर्गीय भण्डारीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कठोर जेलजीवन र शारीरिक यातना भोगेका कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

भण्डारीको निधनप्रति कांग्रेस सभापति थापाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति थापाले भण्डारीको निधनबाट पार्टीले एक अथक र अविचलित योद्धा गुमाएको बताए।

उनले शोकको यस घडीमा स्व भण्डारीकी धर्मपत्नी सन्ध्या भण्डारी, छोरा शरद, छोरीहरू अनुपमा र सम्पूर्णतासहित सम्पूर्ण परिवारजनमा व्यक्तिगत र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्। 
 

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ४ : ३२ बजे

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड

भोटेकोशी बाढी : काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक– भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः