इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन « Khabarhub

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने स्पष्ट पारेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौता आगामी केही दिनभित्र हुन सक्ने सम्भावना रहे पनि त्यसको मिति अझै तय नभएको बताएका छन् ।

बघाईका अनुसार पाकिस्तानको मध्यस्थतामा तयार भइरहेको उक्त सम्झौताको मुख्य उद्देश्य दुई देशबीचको तनाव तथा सम्भावित सैन्य द्वन्द्व अन्त्य गर्नु हो । उनले हालको चरणमा सम्झौतामा इरानको परमाणु कार्यक्रमसम्बन्धी विषय समावेश नगरिएको पनि स्पष्ट पारे ।

उनले अमेरिकाको धारणा र अडान पटक–पटक परिवर्तन हुँदै आएको उल्लेख गर्दै सम्झौताबारे अहिले नै निष्कर्षमा पुग्न नहुने र सावधानीपूर्वक अघि बढ्नुपर्ने बताएका छन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र शान्ति सम्झौता हुन सक्ने दाबी गरेका थिए । उनले सम्झौता सम्पन्न भएपछि दुवै देशले अनलाइनमार्फत त्यसमा हस्ताक्षर गर्ने र त्यसपछिको चरणमा प्राविधिक तहको वार्ता सुरु हुने बताएका थिए ।

पाकिस्तानी पक्षको आशावादी दाबी र इरानको सतर्क प्रतिक्रियाबीच प्रस्तावित सम्झौताबारे अन्योल कायम रहेको देखिएको छ । यद्यपि दुवै देशबीच संवाद जारी रहेकाले आगामी दिनमा थप प्रगति हुन सक्ने अपेक्षा गरिएको छ ।

यदि सम्झौता सफल भएमा यसले लामो समयदेखि तनावपूर्ण रहँदै आएको अमेरिका–इरान सम्बन्धलाई नयाँ दिशातर्फ लैजान सक्ने विश्लेषण गरिएको छ। हाल भने दुवै पक्षबाट औपचारिक सहमति वा हस्ताक्षरको निश्चित मिति सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ८ : ३९ बजे

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।