राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो « Khabarhub

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै एक करोड डेटा सार्ने काम सफलतापूर्वक सम्पन्न गरेको छ । विभागले आइतबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको हो । यस क्रममा करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ ।

यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनमा आएसँगै सुरुवाती दिनहरूमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता र राहदानी वितरणमा सामान्य ढिलाइ देखिने विभागले जनाएको छ ।

यस्तो सम्भावित अवस्थालाई मध्यनजर गर्दै विभागको प्राविधिक टोली, कर्मचारी र प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ २४ सै घण्टा ‘स्ट्यान्डबाई’ रही निरन्तर अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागले यस्ता समस्याको शीघ्र र दीर्घकालीन समाधान गर्न आफू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विश्वास दिलाएको छ ।

नयाँ प्रणालीको सुरुवाती चरण भएकाले राहदानी अत्यावश्यक भएका सेवाग्राहीले मात्र अहिले आवेदन दिन विभागले हार्दिक अनुरोध गरेको छ । सेवाग्राहीको यो सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विभागको अपेक्षा छ ।

साथै, राहदानी सेवासम्बन्धी कुनै पनि भ्रममा नपरी विभाग वा मन्त्रालयको आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन सम्पूर्ण सेवाग्राहीमा अनुरोध गरिएको छ । विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ११ : १३ बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक