राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर « Khabarhub

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गङ्गापुरलाई जोड्ने राप्ती नदीमा पुल नबन्दा यसक्षेत्रका हजारौ नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको यादवले बताए ।

उनका अनुसार, राप्तीपारिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा खेतबारीको काम, आफन्त भेटघाट तथा हाटबजारका लागि दैनिक रूपमा डुङ्गा चढेर नदी वारपार गर्ने गर्दछन् । राप्तीसोनारी गाउँपालिका–७ को खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दाले नियमित रूपमा डुङ्गा प्रयोग गर्दै आएका छन् ।

राप्ती सोनारी–७ खल्ला झगडिया नयाँबस्तीका शङ्कर यादवले पक्की पुल प्रयोग गर्न सिधनियाघाट पुग्न निकै टाढा पर्ने भएकाले डुङ्गा चढ्नु बाध्यता भएको बताए । नदी तटीय क्षेत्रका नागरिकको खेती किसानी समेत राप्ती नदी वारि र पारि हुने भएकाले यतिबेला धानको बीउ राप्ने कामको लागि पनि डुङ्गाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको यादवले जानकारी दिए ।

डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटइपूर्वा, टेपरी, पिप्रहवा, खडैचा, कन्दइपूर्वा, सन्तलिया र नयाँबस्तीका सयौँ बासिन्दाका लागि डुङ्गामार्फत राप्ती नदी वारपार गर्नु दैनिकी बनेको होलियाका स्थानीय अगुवा झगरु लोनियाले बताए ।

हिउँदको समयमा नदीका कम पानी हुने भएकाले डुङ्गामा सहज यात्रा हुने भए पनि बर्सातमा राप्ती नदीमा बाढी आउने भएकाले नदी वारपार गर्न डुङ्गामा जोखिमपूर्ण हुने गरेको उनको भनाइ छ ।

नदी वारपारको लागि खल्ला झगडिया गाउँ नजिकै डुङ्गा सधैँ तयारी अवस्थामा राखिएको हुन्छ । डुङ्गाचालक नानबाबु पासीका अनुसार, नदी तारेबापत प्रतिव्यक्ति १० शुल्क लिने गरिएको छ । गाईभैँसीका लागि २०, साइकलका लागि १५ र मोटरसाइकलका लागि ६० शुल्क लाग्छ । एकपटकमा ५० देखि ६० जनासम्म यात्रु तथा मालसामान नदी पार गराउन सकिने उनले बताए ।

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा किनमेलका लागि नेपाली गाउँका सयौँ नागरिक पुग्ने गर्छन् । डुडुवा गाउँपालिकाको होलिया, बेतहनी तथा राप्तीसोनारीको फत्तेपुर, नरैनापुरको गङ्गपुर र मटेहियालगायत क्षेत्रका बासिन्दा डुङ्गा तरेर हाटबजार जाने गरेका छन् ।

भारतीय बजारमा तरकारी तथा अन्य उपभोग्य वस्तु तुलनात्मक रूपमा सस्तो पाइने भएकाले धेरै स्थानीय त्यहाँ किनमेलका लागि जाने गरेको डुङ्गाचालक पासीले बताए ।

तटीय क्षेत्रका नागरिकले राप्ती नदीको डुबान, कटान र जोखिमपूर्ण यात्रा समस्याको दीर्घकालीन समाधानका लागि मटेहिया र होलियालाई जोड्ने पुल निर्माणको माग गर्दै आएका छन् । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणको योजना कार्यान्वयनको लागि आफूले पहल गरिरहेको बताए ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ११ : १४ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड