पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग « Khabarhub

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर शंकास्पद पार्किङ गरिएका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबर मिडिया हाउसबाहिर ती गाडी तेर्साइएको थियो।

कार्यालयबाट बाहिर निस्किन नमिल्ने गरी सडक नै अवरुद्ध बनाएर शंकास्पद रुपमा पार्किङ गरिएका गाडीलाई प्रहरीले क्रेन प्रयोग गरेर उठाएको छ ।

अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर राखिएको गाडी प्रहरीले साँचो प्रयोग गरेर चलाएर लगेको छ ।

ती गाडीहरूले कसले र के प्रयोजनका लागि राखेको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच सञ्चारगृह बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधन भेटिएपछि नेपाल पत्रकार महासंघले सञ्चारगृहमा पुगेर छलफल गरेको छ ।

मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनमा पुगेकी महासंघका अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यम र पत्रकारहरूलाई त्रसित गराउने मनसायबाट भएको घटनाको छानबिन हुनुपर्ने बताइन् ।

राज्यले नै सञ्चारमाध्यमलाई अंकुश लाउने काम गरेको उनले आरोप लगाइन् । अध्यक्ष शर्माले अहिलेको घटनामा राज्य नै संलग्न भएको आशंका गरिन्।

उता सञ्चारमाध्यम अगाडि शंकास्पद रुपमा तेर्साइएका केही गाडीको धनीबारे खुलेको छ। यातायात व्यवस्था विभागको विवरणमा ती गाडीको धनी पहिचान भएको हो ।

यातायात व्यवस्था विभागका तीनकुनेस्थित कान्तिपुर अगाडि बेवारिसे राखिएको बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको खुलेको छ।

उता नयाँबानेश्वरको अनलाइन खबरअगाडि तेर्साइएको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको पाइएको छ।

मध्यबानेश्वरको हिमालयन टेलिभिनअगाडि छोडिएको बा १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा रहेको भेटिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा अनामनगरस्थित भाटभटेनीअगाडि तेर्साइएका शंकास्पद गाडीलाई उठाइएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  २ : ४८ बजे

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर– जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा