रुसमा युक्रेनी ड्रोन आक्रमणमा चार जनाको मृत्यु, सात घाइते « Khabarhub

रुसमा युक्रेनी ड्रोन आक्रमणमा चार जनाको मृत्यु, सात घाइते


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमणका अधिकांश घटना मस्को क्षेत्र आसपास केन्द्रित थिए।
    
क्रेमलिनको निरन्तर आक्रमणको जवाफस्वरूप युक्रेनले रुसमाथिका ड्रोन आक्रमण तीव्र बनाएको छ । किएभले रुसी ऊर्जा संरचना तथा अन्य रणनीतिक क्षेत्रमा गरिएका आक्रमणलाई आफ्नो प्रतिरक्षात्मक कदमका रूपमा व्याख्या गर्दै आएको छ।

मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभले टेलिग्राममार्फत इस्ट्राको पियोनेस्र्की बस्तीमा ड्रोन खसेर तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी दिए। सोही क्षेत्रको अर्को भागमा थप दुई जना घाइते भएको उनले बताए।

रुसी वायु रक्षा प्रणालीले मस्को क्षेत्रमा ८१ वटा ड्रोन नष्ट गरेको भोरोब्योभले दाबी गरे। युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको र दुई पुरुष घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

यसैगरी, दक्षिणी स्टाभ्रोपोल क्षेत्रमा भएको ड्रोन आक्रमणपछि एउटा औद्योगिक क्षेत्रमा आगलागी भएको क्षेत्रीय गभर्नर भ्लादिमिर भ्लादिमिरोभले जानकारी दिए। उनका अनुसार घटनास्थलमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको थियो र मानवीय क्षति भएको छैन ।

‘क्षेत्रभरि ड्रोन आक्रमणको जोखिम कायमै छ । सबैलाई सतर्क रहन आग्रह गर्दछु’, उनले भने। यसैबीच, युक्रेन युद्ध अन्त्यका लागि रुसमाथि दबाब बढाउने विषयमा छलफल गर्न युक्रेनका सहयोगी राष्ट्रहरू सोमबार पेरिसमा भेला हुँदैछन् ।

अमेरिकाले इरानसँगको बढ्दो तनावमा ध्यान केन्द्रित गरेपछि युक्रेन युद्ध अन्त्यका लागि भइरहेको अमेरिकी नेतृत्वको कूटनीतिक पहल पछिल्ला महिनामा सुस्त बनेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : १३ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका