सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल « Khabarhub

सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीले हिमालय टेलिभिजन, अनलाइनखबर तथा कान्तिपुर दैनिकको कार्यालयअगाडि शंकास्पद ढंगले सवारीसाधन राखी सञ्चारगृह र पत्रकारहरूलाई त्रसित पार्ने प्रयास गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै पार्टीले सञ्चारगृहको प्रवेशद्वारमै सवारीसाधन तेर्स्याएर पत्रकारहरूको आवतजावत अवरुद्ध गर्ने तथा सञ्चारगृहमा भय, त्रास र असुरक्षाको वातावरण सिर्जना गर्ने गतिविधिलाई लोकतान्त्रिक मूल्य–मान्यता, संविधानद्वारा प्रत्याभूत प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो आक्रमणको संज्ञा दिएको छ । यस्ता हर्कतहरू कुनै पनि सभ्य र लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने पार्टीको भनाइ छ ।

‘निर्भीक, स्वतन्त्र र निष्पक्ष रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने सञ्चारकर्मीहरूको संवैधानिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो,’ पार्टीले भनेको छ, ‘त्यसैले सञ्चार क्षेत्रलाई आतंकित, भयभीत र दबाबमा पार्ने उद्देश्यले गरिएका यस्ता गतिविधिको उज्यालो नेपाल पार्टी घोर भत्र्सना तथा निन्दा गर्दछ ।’

यस रहस्यमय र निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, घटनामा संलग्न व्यक्ति वा समूहको निष्पक्ष छानबिन गरी कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारसँग पार्टीले माग पनि गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : ५२ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना