सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल « Khabarhub

सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीले हिमालय टेलिभिजन, अनलाइनखबर तथा कान्तिपुर दैनिकको कार्यालयअगाडि शंकास्पद ढंगले सवारीसाधन राखी सञ्चारगृह र पत्रकारहरूलाई त्रसित पार्ने प्रयास गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै पार्टीले सञ्चारगृहको प्रवेशद्वारमै सवारीसाधन तेर्स्याएर पत्रकारहरूको आवतजावत अवरुद्ध गर्ने तथा सञ्चारगृहमा भय, त्रास र असुरक्षाको वातावरण सिर्जना गर्ने गतिविधिलाई लोकतान्त्रिक मूल्य–मान्यता, संविधानद्वारा प्रत्याभूत प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो आक्रमणको संज्ञा दिएको छ । यस्ता हर्कतहरू कुनै पनि सभ्य र लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने पार्टीको भनाइ छ ।

‘निर्भीक, स्वतन्त्र र निष्पक्ष रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने सञ्चारकर्मीहरूको संवैधानिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो,’ पार्टीले भनेको छ, ‘त्यसैले सञ्चार क्षेत्रलाई आतंकित, भयभीत र दबाबमा पार्ने उद्देश्यले गरिएका यस्ता गतिविधिको उज्यालो नेपाल पार्टी घोर भत्र्सना तथा निन्दा गर्दछ ।’

यस रहस्यमय र निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, घटनामा संलग्न व्यक्ति वा समूहको निष्पक्ष छानबिन गरी कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारसँग पार्टीले माग पनि गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : ५२ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र