गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो  « Khabarhub

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक प्रतिष्ठान र आफ्नो समेत घरमा सरकारकै योजनामा गाडी तेर्स्याइएको बताएका छन् ।

उनले रातोपुलस्थित आफ्नो पुरानो घर जाने बाटोमा गाडी राखेर आवतजावत अवरुद्ध गरिएको भन्दै त्यसमा पनि सरकारको संलग्नता रहेको आशंका व्यक्त गरेका छन्।

थापाले सोमबार बिहान करिब ७ बजे दुई जना व्यक्ति आएर घरको मुखमै गाडी पार्क गरेका बताएका छन्। 

स्थानीय बासिन्दाले दिएको जानकारी उद्धृत गर्दै उनले गाडी राख्ने व्यक्तिहरू त्यसपछि प्रशासनको गाडी चढेर गएको देखेको बताएका छन्।

उनले स्थानीयले दिउँसै उक्त घटनाबारे जानकारी गराएको उल्लेख गर्दै यसमा सबैभन्दा अचम्मलाग्दो पक्ष सरकार स्वयं संलग्न भएको जस्तो देखिएको आरोप लगाए।
 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : ५७ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ