खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ « Khabarhub

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । 

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागूऔषध कारोबार गर्ने काठमाडौँ नागार्जुनका २७ वर्षीय मनिष श्रेष्ठ, २१ वर्षीय रोहित महर्जन र काठमाडौँ महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागूऔषध कारोबार गर्ने गिरोहलाई ३०० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका मनिष यसअघि पनि लागूऔषध मुद्दामा सात महिना कैद भुक्तान गरी रु एक लाख धरौटीमा छुटेका व्यक्ति रहेका उनले बताए।

प्रहरीले निजहरूको साथबाट ३०० ग्राम लागूऔषध खैरो हेरोइन, एक थान स्कुटर र तीन थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : १८ बजे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई