उज्यालो र सुरक्षित सहर अभियानमा ललितपुर महानगरको तीव्रता « Khabarhub

उज्यालो र सुरक्षित सहर अभियानमा ललितपुर महानगरको तीव्रता


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले उज्यालो र सुरक्षित सहर अभियानलाई तीव्रता दिएको छ ।

महानगरको बजेटका सन्दर्भमा जानकारी दिन सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई उज्यालो सहर बनाउन नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा हाई मास र स्मार्ट स्ट्रीट लाइट जडान कार्य तीव्र पारिएको जानकारी दिएका हुन् । 

हाल चक्रपथ खण्ड (बालकुमारी देखि सानेपा सम्मको ७.९ किलोमिटर) मा पोलहरू गाड्ने काम सकिएको र करिब १ महिनाभित्र यो खण्ड पूर्ण रूपमा उज्यालो हुने महानगरले जनाएको छ ।

त्यस्तै नेपालमै पहिलो पटक कुपन्डोल देखि जावलाखेल सम्म जडान गरिएको ’इन्टेलिजेन्ट ट्राफिक लाइट’ प्रणाली सफल भएपछि यसलाई अन्य क्षेत्रमा विस्तार गर्न बोलपत्र (टेन्डर) प्रकाशित भइसकेको महर्जनले बताए । 

उनले पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा ’अटोमेटेड पेडेस्ट्रियन ब्यारियर’ को पाइलोटिङ सुरु गरिएको समेत जानकारी दिए । 

महर्जनले चालू आर्थिक वर्ष २०८३/८४ को असार मसान्तसम्म व्यवसाय नवीकरण गर्दा २५ प्रतिशत छुट दिइने, चालू आर्थिक वर्षको सम्पत्ति कर तिरेको प्रमाण पेस गरेमा सिफारिस दस्तुरमा १५ प्रतिशत छुट पाइने बताए । 

एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, महिला समूह वा उनीहरूद्वारा सञ्चालित व्यवसायको हकमा व्यवसाय दर्ता गर्दा ५० प्रतिशत सम्म छुट हुने उनले बताए ।

उनले ललितपुर महानगरभित्रका सम्पत्ति कर तिर्ने करदाता वा निजको श्रीमान्/श्रीमतीले विद्युतीय गाडी खरिद गरेको ’ब्लु बुक’ पेस गरेमा सो वर्षको सम्पत्ति करमा १ प्रतिशत थप छुट दिइने महानगरको नीति रहेको उल्लेख गरे । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ४९ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ