गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा « Khabarhub

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापनाका लागि युरोपेली दाताहरूले करिब एक अर्ब अमेरिकी डलर (९०० मिलियन युरो) बराबरको आर्थिक सहयोग घोषणा गरेका छन्।

युरोपेली सङ्घ (इयू) ले सोमबार ब्रसेल्समा आयोजित दाताहरूको बैठकअघि उक्त सहयोग प्याकेज सार्वजनिक गरेको हो। इयूकी भूमध्यसागर मामिलासम्बन्धी आयुक्त डुब्राभ्का सुइकाले गाजाका प्रभावित नागरिकसम्म सहयोग प्रभावकारी रूपमा पुर्‍याउन सक्ने संयन्त्र आवश्यक रहेको बताए।

उनका अनुसार यो कोषमा गाजाका लागि यसअघि प्रतिबद्ध गरिएको रकम पनि समावेश छ। उक्त रकम इजरायली सैन्य अभियानबाट बाँकी रहेका भग्नावशेष हटाउने, खानेपानी, ढल निकासलगायत आधारभूत पूर्वाधार पुनःस्थापना गर्ने कार्यमा खर्च गरिनेछ।

यस सहयोग कार्यक्रममा बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, नर्वे, स्पेन, स्वीडेन र स्विट्जरल्याण्डका सरकारसँगै युरोपेली आयोग तथा युरोपेली लगानी बैंक सहभागी छन्।

इयूका अनुसार आयुक्त सुइकाले हालै इजरायल भ्रमणका क्रममा गाजामा फोहोर व्यवस्थापन र खानेपानीसँग सम्बन्धित दुई ठूला परियोजना कार्यान्वयन गर्न इजरायली अधिकारीहरूसँग सहमति गरेका थिए।

सुइकाले दाताहरूले गाजाको ‘प्रारम्भिक पुनःस्थापना’ बाट काम सुरु गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी पूरा भएको सन्देश दिनु महत्त्वपूर्ण रहेको बताए। उनले दीर्घकालीन पुनःस्थापनाका लागि हमासको निशस्त्रीकरण आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

यद्यपि गाजामा मानवीय सहायता आवश्यकतामा कुनै कमी आएको छैन। संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाको पूर्ण पुनर्निर्माण गर्न वर्षौं समय लाग्नेछ भने त्यसका लागि अर्बौं डलर आवश्यक पर्नेछ। साथै भग्नावशेष हटाउने उपकरण र निर्माण सामग्रीको अभाव अझै कायम छ।

ब्रसेल्समा आयोजित बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति समितिका प्रतिनिधिले पनि सहभागिता जनाएका थिए। उहाँले घोषणा गरिएको रकम युद्धपछिको गाजाको पुनःस्थापनाको तयारीमा उपयोग गरिने बताए। सुइकाले यसबाट पुनर्निर्माण प्रयासमा समन्वय र पुरकता सुनिश्चित हुने विश्वास व्यक्त गरे।

प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफाको सहभागिता रहेको उक्त बैठकमा प्यालेस्टिनी प्राधिकरणले गरेका सुधारहरूको समीक्षा गर्नुका साथै थप अन्तर्राष्ट्रिय सहयोगका विषयमा पनि छलफल भएको थियो। इयू प्यालेस्टिनीहरूको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय दाता मानिन्छ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका प्यालेस्टिनी लडाकूहरूले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धपछि गाजामा इजरायल र हमासबीच अक्टोबरमा युद्धविराम भएको थियो। तर युद्धविरामको दोस्रो चरणअन्तर्गत हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रक्रिया भने महिनौँदेखि रोकिएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ५० बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको