गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा « Khabarhub

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापनाका लागि युरोपेली दाताहरूले करिब एक अर्ब अमेरिकी डलर (९०० मिलियन युरो) बराबरको आर्थिक सहयोग घोषणा गरेका छन्।

युरोपेली सङ्घ (इयू) ले सोमबार ब्रसेल्समा आयोजित दाताहरूको बैठकअघि उक्त सहयोग प्याकेज सार्वजनिक गरेको हो। इयूकी भूमध्यसागर मामिलासम्बन्धी आयुक्त डुब्राभ्का सुइकाले गाजाका प्रभावित नागरिकसम्म सहयोग प्रभावकारी रूपमा पुर्‍याउन सक्ने संयन्त्र आवश्यक रहेको बताए।

उनका अनुसार यो कोषमा गाजाका लागि यसअघि प्रतिबद्ध गरिएको रकम पनि समावेश छ। उक्त रकम इजरायली सैन्य अभियानबाट बाँकी रहेका भग्नावशेष हटाउने, खानेपानी, ढल निकासलगायत आधारभूत पूर्वाधार पुनःस्थापना गर्ने कार्यमा खर्च गरिनेछ।

यस सहयोग कार्यक्रममा बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, नर्वे, स्पेन, स्वीडेन र स्विट्जरल्याण्डका सरकारसँगै युरोपेली आयोग तथा युरोपेली लगानी बैंक सहभागी छन्।

इयूका अनुसार आयुक्त सुइकाले हालै इजरायल भ्रमणका क्रममा गाजामा फोहोर व्यवस्थापन र खानेपानीसँग सम्बन्धित दुई ठूला परियोजना कार्यान्वयन गर्न इजरायली अधिकारीहरूसँग सहमति गरेका थिए।

सुइकाले दाताहरूले गाजाको ‘प्रारम्भिक पुनःस्थापना’ बाट काम सुरु गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी पूरा भएको सन्देश दिनु महत्त्वपूर्ण रहेको बताए। उनले दीर्घकालीन पुनःस्थापनाका लागि हमासको निशस्त्रीकरण आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

यद्यपि गाजामा मानवीय सहायता आवश्यकतामा कुनै कमी आएको छैन। संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाको पूर्ण पुनर्निर्माण गर्न वर्षौं समय लाग्नेछ भने त्यसका लागि अर्बौं डलर आवश्यक पर्नेछ। साथै भग्नावशेष हटाउने उपकरण र निर्माण सामग्रीको अभाव अझै कायम छ।

ब्रसेल्समा आयोजित बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति समितिका प्रतिनिधिले पनि सहभागिता जनाएका थिए। उहाँले घोषणा गरिएको रकम युद्धपछिको गाजाको पुनःस्थापनाको तयारीमा उपयोग गरिने बताए। सुइकाले यसबाट पुनर्निर्माण प्रयासमा समन्वय र पुरकता सुनिश्चित हुने विश्वास व्यक्त गरे।

प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफाको सहभागिता रहेको उक्त बैठकमा प्यालेस्टिनी प्राधिकरणले गरेका सुधारहरूको समीक्षा गर्नुका साथै थप अन्तर्राष्ट्रिय सहयोगका विषयमा पनि छलफल भएको थियो। इयू प्यालेस्टिनीहरूको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय दाता मानिन्छ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका प्यालेस्टिनी लडाकूहरूले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धपछि गाजामा इजरायल र हमासबीच अक्टोबरमा युद्धविराम भएको थियो। तर युद्धविरामको दोस्रो चरणअन्तर्गत हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रक्रिया भने महिनौँदेखि रोकिएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ५० बजे

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र