मानव अधिकार अनुसन्धानमा दोहोरोपना रोक्न संयुक्त संयन्त्र बनाएको छौ : अध्यक्ष मगर « Khabarhub

मानव अधिकार अनुसन्धानमा दोहोरोपना रोक्न संयुक्त संयन्त्र बनाएको छौ : अध्यक्ष मगर


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धानमा दोहोरोपना आउन नदिन संयुक्त समन्वय संयन्त्र बनाइएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा अध्यक्ष मगरले आयोगले समग्र दृष्टिकोणबाट मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन गर्न सक्ने भए तापनि विशिष्ट समुदायका लागि छुट्टाछुट्टै आयोगहरू क्रियाशील रहेको समेत बताए । 

काम–कारबाहीमा दोहोरोपना नहोस् र प्रभावकारिता आओस् भन्नका लागि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षको संयोजकत्वमा सबै आयोगहरू सम्मिलित एक समन्वय समिति बनाइएको उनले बताए ।

उनले आवश्यकता अनुसार संयुक्त रूपमा स्थलगत अनुगमन वा कारबाहीमा जानुपरेमा सबै आयोगहरू सँगै मिलेर जाने व्यवस्था गरिएको जानकारी दिए । 

त्यस्तै अध्यक्ष मगरले विशिष्ट प्रकृतिका विषयहरू सम्बन्धित छुट्टाछुट्टै आयोगले नै केन्द्रित भएर हेर्ने स्पष्ट पारे ।

उनले आगामी दिनमा पनि मानव अधिकार संरक्षणका सवालमा सबै निकायबीच आपसी सहजीकरण र सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिबद्धता जनाए । 

बैठकमा आयोगले सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था न्यून हुने गरेको जनाएको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ४ : १५ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको