बजारबाट जनताको याचना : सरकार ग्यास देऊ ! « Khabarhub

बजारबाट जनताको याचना : सरकार ग्यास देऊ !


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुरका विजय कमली ग्यास नपाएर भौँतारिएको तीन दिन भइसक्यो । उनी ग्यास पाउने आसमा एकदेखि अर्को ठाउँ निरन्तर कुदिरहेका छन् । 

कसैले ग्यास पाउन नागरिकता देखाउनुपर्छ भनेपछि उनले गोजीमा नागरिकताको प्रतिलिपी बोकेरै हिँडेका छन् । 

‘टेम्पोमा खाली सिलिन्डर हालेर हिँडेको तीन दिन भइसक्यो । नागरिकताको फोटोकपी पनि लिएरै हिँडेको छु । त्यही पनि ग्यास पाउन गाह्रो भयो,’ घरबाट ६ किलोमिटर टाढा ग्यास खोज्दै हिँडेका उनले सुनाए ।

एक महिनाअघि भरेको आधा सिलिन्डर ग्यासले अहिलेसम्म काम चलेको थियो । घरमा ४ र ८ वर्षका दुई बच्चा छन् । उनलाई आफ्नोभन्दा बढी चिन्ता स्कुल जाने बच्चालाई पकाएर कसरी खुवाउने भन्ने छ । ‘छिटो सहजीकरण होस् भन्ने चाहन्छु । गाह्रो भइसक्यो,’ उनले सरकारसँग याचना गरे ।

उनी मात्र होइन, तनहुँकी स्मृति बस्यालको दुःख पनि उस्तै छ । तनहुँबाट भरतपुर आएर व्यवस्थापन संकाय पढ्दै गरेकी स्मृतिले ग्यास खोज्न बिहीबार आफ्नो पढाइ नै छोडिन् । उनको दिन लाइनमा बसेरै बित्यो । ‘आज त कलेज नै छोडेर ग्यास मिलाउन आएको,’ उनले सुनाइन्, ‘पढाइ नै छुटाउनु पर्‍यो । ग्यास नहुँदा साह्रै दुःख भयो ।’ कहिले जंकफुड त कहिले बाहिर खाएर दुई–तीन दिन टारेको उनको अनुभव छ ।

भरतपुर–१० बस्ने ७० वर्षीय सीता पौडेल पनि सात दिनदेखि ग्यासको खोजीमा ठाउँ–ठाउँमा लाइन लागेकी छन् । घरमा नातिनीलाई छोडेर ग्यास लिन लाइनमा बसेको उनले सुनाइन् । ‘बिहान ६ बजेदेखि मुखमा पानी राखेको छैन । नातिनीहरू भोकै स्कुल गए कि खाए, थाहा छैन,’ उनले भनिन् ।

पछिल्लो समय ग्याँसको चरम अभावले सर्वसाधारणको दैनिक जीवन अस्तव्यस्त बनाएको छ । यही समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भने ‘स्टन्ट’मा व्यस्त देखिन्छिन् । 

मन्त्रीको निर्देशनपछि छापा मार्दा पाँच तारे होटल र्‍याडिसनमा १ सय ८४ वटा ग्यास ‘लुकाइएको’ भन्दै उनको सचिवालयले विवरण सार्वजनिक गरेको थियो । तर, ती सिलिन्डर होटलले बाह्य बिक्री वा कालोबजारीका लागि नभई आफ्नै भान्साका लागि खरिद गरेको थियो ।

उक्त परिमाणको ग्यास ३ देखि ४ दिनलाई मात्र पुग्ने होटल सञ्चालकले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । 

बजारमा उपभोक्ताले सहजै ग्यास नपाउँदा उद्योगमन्त्री भने कहिले उपभोक्तालाई फोन गर्न, कहिले तारे होटलका मौज्दात ग्यासलाई ‘लुकाएको’ भनेर सस्तो प्रचारबाजीमा व्यस्त देखिन्छिन् । 

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ५ : ५६ बजे

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले