हेटौँडा कपडा उद्योग सञ्चालनसँगै सरकारले कपास खेतीमा जोड दिने « Khabarhub

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै सरकारले कपास खेतीमा जोड दिने


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छिन् । नेपालमा कपडा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ कपास ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै कपास उत्पादन र कपडा उद्योगको कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले मन्त्री यादवले व्यवसायीहरूलाई कपास खेतीतर्फ आकर्षित हुन आग्रह गरेकी हुन् ।

मन्त्री यादवले कृषिमन्त्री गीता चौधरीसँग समेत भेट गरी नेपालमा कपास खेती विस्तार गर्ने विषयमा छलफल गरेकी छिन् । छलफलका क्रममा कृषिमन्त्री चौधरीले दाङ, बाँके, बर्दियालगायतका जिल्लामा कपास खेतीका लागि उपयुक्त वातावरण रहेको बताएकी थिइन् । नेपालमा कपास खेतीको सम्भावना रहे पनि व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खेती हुन नसक्दा उद्योगहरूले आवश्यक कच्चा पदार्थका लागि विदेशमा निर्भर हुनुपर्ने अवस्था छ ।

सरकारले कपडा उद्योगसँगै कपास उत्पादनलाई पनि जोड दिन सके आयात प्रतिस्थापन, रोजगारी सिर्जना र किसानको आम्दानी वृद्धि गर्न सकिने अपेक्षा गरिएको छ । यता लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया समेत अगाडि बढेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

कारखाना समेत संचालन गर्ने सम्बन्धमा सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । हेटौँडा कपडा उद्योग सञ्चालनमा आएपछि त्यसका लागि आवश्यक कच्चा पदार्थको स्वदेशमै उत्पादन गर्ने र बुटवल धागो कारखानालाई समेत सञ्चालनमा ल्याउने सरकारको तयारीले नेपालमा कपासदेखि धागो हुँदै कपडासम्मको उत्पादन शृंखला निर्माण गर्ने सम्भावना बढेको छ ।

मन्त्री यादवले स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै आएकी छन् । कपास खेतीको विस्तारमार्फत विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादन बढाउने र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ६ : ०० बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त