माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशत बढ्यो « Khabarhub

माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशत बढ्यो


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उल्लेख्य सुधार भएको जनाएको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १२.२३ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा पनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक वृद्धि देखिएको छ । बैंकले असार मसान्तसम्ममा २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँको तुलनामा १९.७२ प्रतिशतको वृद्धि हो ।

त्यसैगरी, बैंकको कर्जा प्रवाह १५.९५ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँ मात्र थियो । बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी अघिल्लो वर्षको ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा पनि ३ अर्ब १४ करोड ७६ लाख रुपैयाँबाट वृद्धि भई ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा यस अवधिमा ९८ करोड १९ लाख रुपैयाँ रहेको छ । कर्जाको गुणस्तरका सन्दर्भमा बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ३.९६ प्रतिशतबाट सामान्य बढेर ३.९८ प्रतिशत पुगेको छ । बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि कर्जा नोक्सानी व्यवस्थालाई बलियो बनाउँदै कुल निष्कृय कर्जाको १०३.८४ प्रतिशत पुर्‍याएको छ, जुन अघिल्लो वर्ष १०२.४६ प्रतिशत थियो ।

बैंकको वित्तीय सबलताका अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन् । बैंकको पुँजीकोष पर्याप्तता अनुपात अघिल्लो वर्षको १३.०८ प्रतिशतबाट सुधार भई १३.२१ प्रतिशत कायम भएको छ । बैंकको आधार दर भने ६.३० प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा झरेको छ, जसले ग्राहकहरूका लागि कर्जाको ब्याजदर सस्तो हुन सक्ने संकेत गर्दछ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ६ : १३ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी