नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्छ : सभापति थापा « Khabarhub

नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्छ : सभापति थापा


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्ने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेवल–चलचित्र बहस कार्यक्रममा सभापति थापाले नागरिकहरू केही नयाँ गर्न खोज्दैछन् भने राज्यले नियन्त्रण गर्ने भन्दा पनि उनीहरूको कामलाई प्रवद्र्धन र सहयोग ( गर्ने सोच राख्नुपर्ने बताएका हुन् । 

सरकारमा बस्नेबित्तिकै नागरिक तथा व्यवसायीहरूलाई ‘खराब गर्छन्’ भन्दै डन्डा देखाएर नियन्त्रण गर्न खोज्ने सोच गलत रहेको उनको भनाइ छ । 

उनले चलचित्र क्षेत्रमा एआइको प्रयोग बढ्दै जाँदा यसले निम्त्याउने चुनौतीहरू मात्र नभई यसले सिर्जना गर्ने ठूला अवसरहरूलाई पनि आत्मसात् गर्नुपर्नेमा जोड दिए । 

प्रविधिको तीव्र विकाससँगै आवश्यक नीति–नियम र कानुन समयमै बनाउनुपर्ने खाँचो रहेको उनको भनाइ छ । 

यस विषयमा सांसदहरू, विज्ञहरू र सम्बन्धित पक्षहरू सम्मिलित सानो कार्यदल बनाएर विस्तृत छलफल गर्ने उनले बताए । 

यसैबीच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार १२ जनाले आ–आफ्नो धारणा राखेका छन् । 

बैठकमा पार्टीको आगामी महाधिवेशन लगाएतका बिषयमा सभापति विश्वप्रकाश शर्मा, सह–महामन्त्री बहादुरसिंह लामा, केन्द्रीय सदस्यहरू रमेश रिजाल, सुजाता कोइराला, अर्जुनप्रसाद जोशी लगाएतले धारणा राखेको कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ३२ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त