ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू) « Khabarhub

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ । भरतपुरको केन्द्रीय टर्मिनल (पारस बसपार्क) मा आज ‘ग्यास मेला’ नै लागेको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लाका चारवटै ग्यास कम्पनीका पदाधिकारीसँग छलफल गरी यो विशेष वितरण प्रणालीको व्यवस्था मिलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

ग्यास वितरण भइरहेको थाहा पाएपछि चितवनका विभिन्न स्थानबाट उपभोक्ता खाली सिलिन्डरसहित बसपार्क पुगेका छन् । ग्यासको परिमाणभन्दा उपभोक्ताको लाइन निकै लामो देखिएको छ । राति ७ बजिसक्दा पनि वितरण सकिएको छैन ।

उपभोक्ताको अत्यधिक भिड व्यवस्थापन गर्न, सहज रूपमा ग्यास वितरण सुनिश्चित गर्न जिल्लाका एसपी रामेश्वर पौडेलसहितको सुरक्षा टोली वितरण स्थलमा खटिएको  छ ।  

करिब ३ हजार थान ग्यास वितरण भइरहेको प्रजिअ अर्यालले बताए । ‘जो उपभोक्ता लाइनमा हुनुहुन्छ, ग्यासको सिलिन्डर रहेसम्म हामी दिन्छौँ। यदि आज सकियो भने पनि हामी उहाँहरूलाई निराश बनाएर पठाउँदैनौँ । भोलि कुनै न कुनै हिसाबले व्यवस्थापन गर्छौं,’ उनले भने ।

ग्यासको कोटा बढे पनि सबैतिर छर्दा प्रभाव नदेखिएपछि प्रशासनले ‘क्लस्टर’ प्रणाली र घुम्ती वितरण अभियान सुरू गरेको हो । प्रशासनले जिल्लालाई पाँच क्षेत्रमा बाँडेर वितरण गरिरहेको छ र समस्यामा परेका उपभोक्ताका लागि टोल–फ्री नम्बरमार्फत पनि गुनासो सम्बोधन गरिरहेको छ ।

प्रशासनले आगामी हप्तादेखि अन्य क्षेत्रमा पनि घुम्ती प्रणालीबाट ग्यास वितरण गर्ने योजना बनाएको छ ।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ५० बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ