तीजको कोसेली : कर्णालीको स्याउ « Khabarhub

तीजको कोसेली : कर्णालीको स्याउ


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

राँझा (बाँके)- कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा यस वर्ष तीजको कोसेलीका रुपमा घरघरमा पुगेको छ । नेपालगञ्जस्थित धम्बोझीमा कर्णालीको स्याउ खरिद गरिरहेकी प्रकृति रानाले तीजमा खान, साथीसङ्गी तथा आफन्तकहाँ जाँदा कोशेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको प्रतिक्रिया दिइन् ।

“सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगञ्जबाट अन्यत्र जाँदा तीजमा कोसेलीका रुपमा लैजाने सहज भएको छ”, उनले भनिन्, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तो भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।” आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगञ्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ का ध्रव थापाले यस वर्षको तीजमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताए । स्थानीय धम्बोझी चोकमा तीजलाई लक्षित गरेर केही दिनयता कर्णालीको स्याउ किनबेचको भीडभाड हुँदै आएको छ । उक्त चोकमा कर्णालीकै महिलाले भदौको पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आएका छन् ।

जुम्लाको गुठीचौर गाउँपालिका–४ बाट ल्याइएको स्याउ बिक्री गरिरहेकी कल्पना शर्माले अरू बेलाभन्दा तीजमा स्याउको बिक्री धेरै हुने गरेको बताइन् । फलफूल पसलमा पुग्ने जुनसुकै उपभोक्ता पनि पछिल्लो समय कर्णालीकै स्याउ किन्ने गरेको पाइएको छ । नेपालगञ्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यतिबेला कर्णालीको स्याउको माग धेरै हुने गरेको बताए ।

उहाँले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको जानकारी दिए । कर्णाली प्रदेशका जिल्लामा उत्पादित स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । खासगरी जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउ ठूलो मात्रामा यहाँ भित्रिएको यहाँस्थित थोक बिक्रेता प्रेमलाल साहुले बताए ।

नेपालमा उत्पादित स्याउ अहिले प्रतिकिलो रु १२० देखि रु १५० सम्ममा पाइएकाले जो कोहीका लागि तीजको कोसेली बनिरहेको छ । नेपालगञ्ज लगायत आसपासका बजारमा पछिल्लो समय जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको साहुले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  १२ : २० बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब