ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो « Khabarhub

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको ‘ग्रिन आर्मी’विरुद्धको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।

उक्त संगठनको संरचना, पोसाक, दर्जा तथा चिह्न प्रयोगको विषयमा दायर रिटमा सोमबार सर्वोच्च अदालतले विपक्षीका नाममा लिखित जवाफ माग गरेको हो ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

अधिवक्ता साम्ब राज अर्यालसमेतले दायर गरेको उत्प्रेषणयुक्त परमादेशको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । विपक्षी नं. १ देखि ७, ९ र १० का हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा विपक्षी नं. ८ र ११ का हकमा आफैं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।

रिट निवेदकले अन्तरिम आदेशसमेत माग गरेकोमा अदालतले निवेदनको विषयवस्तुको प्रकृति र गम्भीरतालाई विचार गर्दै अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षबीच छलफल गरेर निष्कर्षमा पुग्न उचित हुने जनाएको छ ।

अन्तरिम आदेशका विषयमा छलफल गर्न सर्वोच्चले आगामी असोज ५ गतेका लागि पेसी तोकेको छ । उक्त पेसीको जानकारी विपक्षीलाई समेत दिन आदेशमा भनिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ५ : १० बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका