नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति « Khabarhub

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो ।

भारतीय प्रेस सूचना ब्यूरो (पीआईबी) का अनुसार नेपाललाई मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक १८ घण्टा विद्युत् उपलब्ध गराइनेछ । यस अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म विद्युत् निर्यात गरिनेछ ।

त्यस्तै, टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट लाइनमार्फत थप ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न भारतले अनुमति दिएको छ । सन् २०२७ जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युत्को परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतको विद्युत् मन्त्रालयले जनाएको छ ।

हालै नेपालमा आएको बाढीले जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि देशको आन्तरिक विद्युत् उत्पादन क्षमता घटेको छ । त्यसबाट सिर्जित थप विद्युत् आवश्यकतालाई सम्बोधन गर्न भारतले निर्यातको स्वीकृति दिएको हो ।

भारतले यो निर्णयले कठिन परिस्थितिमा नेपाललाई विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्ने तथा नेपाल–भारतबीचको दीर्घकालीन ऊर्जा सहकार्य थप मजबुत हुने जनाएको छ । भारतले ऊर्जा क्षेत्रमा नेपालसँगको द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ६ : ३१ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना