नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति « Khabarhub

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो ।

भारतीय प्रेस सूचना ब्यूरो (पीआईबी) का अनुसार नेपाललाई मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक १८ घण्टा विद्युत् उपलब्ध गराइनेछ । यस अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म विद्युत् निर्यात गरिनेछ ।

त्यस्तै, टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट लाइनमार्फत थप ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न भारतले अनुमति दिएको छ । सन् २०२७ जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युत्को परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतको विद्युत् मन्त्रालयले जनाएको छ ।

हालै नेपालमा आएको बाढीले जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि देशको आन्तरिक विद्युत् उत्पादन क्षमता घटेको छ । त्यसबाट सिर्जित थप विद्युत् आवश्यकतालाई सम्बोधन गर्न भारतले निर्यातको स्वीकृति दिएको हो ।

भारतले यो निर्णयले कठिन परिस्थितिमा नेपाललाई विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्ने तथा नेपाल–भारतबीचको दीर्घकालीन ऊर्जा सहकार्य थप मजबुत हुने जनाएको छ । भारतले ऊर्जा क्षेत्रमा नेपालसँगको द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ६ : ३१ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी