च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित « Khabarhub

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आज (बुधबार) बिहान सम्पन्न खेलमा लिललाई ३–० गोलले हराउँदै आर्सनल विजयी भएको हो ।

आर्सनलका लागि जुनियन टिम्बर, एबेरेची एजे र बुकायो साकाले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित सकिएको खेलमा दोस्रो हाफको ६४औँ मिनेटमा टिम्बरले आर्सनलका लागि सुरुवाती गोल गरेका थिए ।

त्यसपछि ६७ औँ मिनेटमा एबेरेजीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । यस्तै, ७१औँ मिनेटमा साकाले गरेको गोलसँगै आर्सनल ३–० गोलले विजयी भयो ।

यो जितसँगै आर्सनल २ खेलबाट ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको लिल समान खेलबाट अंक विहीन हुँदै ३२औँ स्थानमा छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ६ : ३९ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन