रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने « Khabarhub

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म भारत र उज्बेकिस्तानको भ्रमण गर्ने भएका  छन् । भ्रमणका क्रममा उनले ऊर्जा, व्यापार, लगानी र रणनीतिक सहकार्यका विषयमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतमा रुबियोले मुम्बई र जामनगरको भ्रमण गर्नेछन्। त्यसअघि उनी उज्बेकिस्तानमा आयोजना हुने ‘सी–५ प्लस वान’ मन्त्रिस्तरीय बैठकमा सहभागी हुनेछन् । बैठकमा मध्यएसियाका पाँच देशका अधिकारीहरूसँग छलफल हुनेछ । बैठकमा २०० भन्दा बढी अमेरिकी व्यावसायिक प्रतिनिधिसमेत सहभागी हुने बताइएको छ ।

यसैबीच, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले रक्षा, सूचना प्रविधि र स्वास्थ्य सेवाका क्षेत्रमा भारत र अमेरिकाबीच सहकार्य विस्तार भइरहेको बताएका छन् ।

उनका अनुसार हालै सम्पन्न सैन्य अभ्यासमा ५०० भन्दा बढी सैनिक सहभागी भएका थिए । राजस्थानमा आयोजित अभ्यासमा पहिलोपटक अमेरिकी एफ–३५ लडाकु विमानसमेत सहभागी भएको उनले बताए।

गोरले भारतबाट अमेरिकाले ठूलो परिमाणमा जेनेरिक औषधि आयात गरिरहेको र दुवै देशका कम्पनीले एकअर्काको बजारमा लगानी विस्तार गरिरहेको उल्लेख गरे।

प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत साता भएको कुराकानीले द्विपक्षीय सहकार्यका थप अवसर खुल्ने अपेक्षासमेत उनले व्यक्त गरे।

रुबियोको यस वर्षको दोस्रो आधिकारिक भारत भ्रमण हो ।  

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १२ : ४१ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम