साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार « Khabarhub

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर धहरानस्थित प्रशासनिक भवनमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणका कारण भवनमा सीमित आगलागी भएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ । 

सुरक्षा निकायहरूले मङ्गलबार राति नै स्थिति नियन्त्रणमा लिएका थिए भने घटनामा कुनै मानवीय क्षति वा कसैको मृत्यु नभएको मन्त्रालयले स्पष्ट पारेको छ । यद्यपि, कम्पनी स्रोतका अनुसार धहरानस्थित अरामको मुख्यालय परिसरमा ब्यालिस्टिक क्षेप्यास्त्र खसेको र त्यसबाट एउटा कार्यालय टावरको माथिल्लो तीन तल्लामा क्षति पुगी आगो लागेको थियो । 

उक्त परिसरमा अरामकोको मुख्य सञ्चालन केन्द्र रहेको छ, जसले अनसोर तथा अफसोर तेल कुवा, पाइपलाइन, रिफाइनरी र निर्यात टर्मिनलहरूको हेरचाह गर्दछ । घटनाका बेला स्थानीय बासिन्दाहरूले परिसर नजिकै ठूला विस्फोटका आवाज सुनेका थिए ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी नेतृत्वको गठबन्धनविरुद्ध प्रतिशोध स्वरूप क्षेप्यास्त्र र ड्रोन प्रहार तीव्र पारेका छन् । साउदी गठबन्धनले धहरानमा खसालेको क्षेप्यास्त्रका टुक्राहरू आवासीय क्षेत्रमा खसेको जनाएको छ । 

यसैगरी, राजधानी रियाद र दक्षिणी क्षेत्रमा पनि प्रहार गरिएका ड्रोन तथा क्षेप्यास्त्रहरूलाई वायु रक्षा प्रणालीले नष्ट गरेको छ । रियादमा खसालेका दुई हुथी क्षेप्यास्त्रका टुक्रा आवासीय क्षेत्रमा खस्दा १५ वटा घरमा क्षति पुगेको र दुई महिला, एक पुरुष तथा एक बालक गरी चार जना घाइते भएका छन् । 

यसअघि हुथीका प्रवक्ता याह्या सारेले साउदी अरामकोको धहरान मुख्यालय र रियादस्थित रिफाइनरीलाई निशाना बनाउन सकिने भन्दै तेल मजदुरहरूलाई ती स्थानबाट टाढा रहन चेतावनी दिएका थिए ।

साउदी अरेबियाले यमनको राजधानी सानामा रहेको इन्धन डिपोमा गरेको आक्रमणको प्रतिक्रिया स्वरूप हुथीहरूले यो कारबाही गरेका हुन् । आक्रमणअघि साउदी युवराज मोहम्मद बिन सलमानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले हुथीहरूलाई निरन्तर आक्रमणको परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । 

बाब अल-मन्देब जलडमरूमध्य क्षेत्रमा हुथीहरूको प्रभाव बढेपछि साउदीले सैन्य अभियान पुनः तीव्र पारेको छ । साउदी अरेबियाले आफ्ना मित्रराष्ट्रहरूसँग सहयोगको माग गरे तापनि अमेरिकाले प्रत्यक्ष रूपमा युद्धमा सहभागी हुन अस्वीकार गरेको छ । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघ्चीले साउदी अरेबिया र हुथी विद्रोहीहरूबीच मध्यस्थता गर्न इरान तयार रहेको प्रस्ताव अघि सारेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १ : २२ बजे

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने