दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू) « Khabarhub

दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँ नजिकिएसँगै खसी बजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसी बजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ । 

दसैँका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन् ।

कलंकी खसी बजारमा विगत ८–९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीका अनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन । उनका अनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए पनि गत वर्षको तुलनामा मूल्य भने बढेको छ ।

व्यापारी थापा क्षेत्रीका अनुसार कलंकी खसी बजारमा दाङ, सल्यान, सुर्खेत, कालीकोट, बैतडी, डोटी, उदयपुरलगायत विभिन्न जिल्लाबाट खसीबोका ल्याउने गरिन्छ । 

विभिन्न जिल्लाबाट खसीबोका भित्रिए पनि बजारमा ग्राहकको उपस्थिति भने विगतका वर्षजस्तो नरहेको उनले बताए ।

हाल कलंकी खसी बजारमा खसीको मूल्य प्रतिकिलो ७८० देखि ८६० रुपैयाँसम्म रहेको व्यापारीहरू बताउँछन् । गत वर्षको तुलनामा मूल्य महँगो हुँदा उपभोक्तालाई दसैँका लागि खसी खरिद गर्न थप खर्च लाग्ने देखिएको छ ।

दशैंमा मासुको खपत बढ्ने र खसी बजारमा किनमेल गर्नेको भीड लाग्ने अपेक्षा गरिए पनि यस वर्षको बजारको अवस्थाले व्यापारीहरूलाई निराश बनाएको छ । 

दसैँ नजिकिँदै गर्दा आगामी दिनमा ग्राहकको चहलपहल बढ्ने र व्यापारमा सुधार आउने आशा व्यापारीहरूले गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  २ : ०१ बजे

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर