महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला « Khabarhub

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ ।

गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेट तार तान्ने क्रममा बोट अनियन्त्रित भएपछि थारू महाकाली नदीमा बेपत्ता भएका थिए ।

घटनापछि सशस्त्र प्रहरीको गोताखोर टोलीले लगातार खोजी गर्ने क्रममा पाँचौँ दिन आज उनको शव फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार थारूको शव बेपत्ता भएको स्थानभन्दा १० देखि १५ मिटर दक्षिणतर्फ अड्किएको अवस्थामा भेटिएको हो ।

शव परीक्षणपछि परिवारको जिम्मा लगाइने रावतले जानकारी दिए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का थारु बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा–चाँदनीस्थित सशस्त्र प्रहरीको सीमासुरक्षा गुल्ममा हाजिर भएका थिए ।

दुई साताअघि दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो । पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  २ : १९ बजे

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको