ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प  « Khabarhub

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल, ग्यास तथा खनिज पदार्थको खोजी चाँडै सुरु हुने दाबी गरेका छन्।

ट्रम्पले ग्रिनल्यान्डमा विश्वका अन्य भूभागको तुलनामा सहजै उत्खनन गर्न सकिने तेलको मात्रा धेरै रहेको केही विज्ञले बताएको उल्लेख गरेका छन् ।

उनले ग्रिनल्यान्डलाई अमेरिका र युरोपको रक्षा तथा सैन्य रणनीतिका दृष्टिले अत्यन्त महत्त्वपूर्ण भूभागका रूपमा व्याख्या गरेका छन् । भविष्यमा अमेरिकामाथि हुन सक्ने कुनै पनि आक्रमण ग्रिनल्यान्डको मार्ग हुँदै आउने उनको दाबी छ ।

ट्रम्पका अनुसार ग्रिनल्यान्डमा तैनाथ गरिने रक्षा प्रणालीले ड्रोन, क्षेप्यास्त्र तथा भविष्यमा विकसित हुन सक्ने अन्य हतियारलाई समेत नष्ट गर्न सक्नेछ । यसले अमेरिकालाई रणनीतिक लाभ, समयमै सूचना प्राप्त गर्ने क्षमता र टाढासम्म निगरानी गर्ने सुविधा प्रदान गर्ने उनको भनाइ छ ।

उनले ग्रिनल्यान्डमा अमेरिकाले दुई ठूला सैन्य अखडा निर्माण गर्ने योजनासमेत सुनाएका थिए ।

यसैबीच, ट्रम्प, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनबीच सन् २०२६ सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा सुरक्षा सम्झौतामा हस्ताक्षर भएको विवरण दिइएको छ ।

ग्रिनल्यान्ड प्राकृतिक स्रोतसाधन र रणनीतिक अवस्थिति दुवैका कारण अमेरिकाको सुरक्षा तथा भूराजनीतिक चासोको केन्द्रमा रहँदै आएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  २ : ४१ बजे

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र