स्पेसएक्सको स्टारशिप परीक्षण असफल « Khabarhub

स्पेसएक्सको स्टारशिप परीक्षण असफल


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई स्टारशिप रकेटको पछिल्लो परीक्षणमा धक्का लागेको छ । कम्पनीले रकेटको तल्लो भागलाई प्रक्षेपण टावरमा जडान गरिएका यान्त्रिक हातको सहायताले समातेर सुरक्षित अवतरण गराउने प्रयास असफल भएको हो ।

बीबीसीका अनुसार स्पेसएक्सले रकेटको तल्लो भागलाई ‘चपस्टिक्स’ नाम दिइएका दुई ठूला यान्त्रिक हातले समात्ने योजना बनाएको थियो । तर, उक्त प्रयास सफल नभएपछि रकेटको तल्लो भाग समुद्रतर्फ पठाइएको थियो । समुद्रमा खस्ने क्रममा त्यसमा आगलागी भएको थियो ।

यद्यपि, रकेटको माथिल्लो भागले भने अन्तरिक्षतर्फको यात्रा जारी राखेको छ । स्पेसएक्सले शनिबार स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे रकेटको माथिल्लो भागलाई समेत पुनः समात्ने प्रयास गर्ने वा नगर्ने निर्णय गर्ने जनाएको छ ।

यो स्पेसएक्सले आफ्नो रकेटका दुवै भाग पुनः प्राप्त गर्ने उद्देश्यसहित गरेको पहिलो प्रयास हो । कम्पनीले स्टारशिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने बनाउने लक्ष्य राखेको छ ।

रकेटका भागलाई सुरक्षित रूपमा पुनः प्राप्त गरी पटक–पटक प्रयोग गर्न सके प्रत्येक प्रक्षेपणको लागत घट्ने स्पेसएक्सको अपेक्षा छ । स्टारशिपलाई पुनः प्रयोगयोग्य बनाउने योजना कम्पनीको अन्तरिक्ष अभियानको महत्त्वपूर्ण हिस्सा हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १२ : ५८ बजे

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान

काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको

स्पेसएक्सको स्टारशिप परीक्षण असफल

एजेन्सी– अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई स्टारशिप रकेटको पछिल्लो परीक्षणमा

ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड

काठमाडौँ– देशका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान, संरक्षण र प्रचारप्रसार

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

भक्तपुर– मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी