ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने « Khabarhub

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता चीनमा संयुक्त भेटवार्ता हुने भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले तीन नेताबीच चीनको दक्षिणी सहर सेन्जेनमा भेटवार्ता हुने जानकारी दिएको हो । त्यहाँ एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन आयोजना हुँदैछ ।

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सका अनुसार भेटवार्तामा विश्वमा आणविक हतियारको सङ्ख्या घटाउने विषयमा छलफल हुनेछ । राष्ट्रपति ट्रम्पले आणविक हतियारको विस्तारलाई निकै खतरनाक मान्दै आएका छन् ।

भेटवार्तामा इरानको विषयले पनि प्राथमिकता पाउन सक्ने अनुमान गरिएको छ । यद्यपि, युक्रेन युद्धबारे भने छलफल हुने सम्भावना नरहेको बताइएको छ । रुस र चीनले भने अहिलेसम्म प्रस्तावित भेटवार्ताबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) र रोयटर्सका अनुसार अमेरिकी एक वरिष्ठ अधिकारीले तीन नेताबीचको भेटवार्तापछि कुनै सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् । ती अधिकारीले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् ।

यसैबीच, राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच बिहीबार छुट्टै द्विपक्षीय भेटवार्ता पनि हुने कार्यक्रम छ । सन् २०२५ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेटवार्ता हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १ : ०९ बजे

अमेरिकामा चार घण्टा हवाई उडान ठप्प, १५ हजारभन्दा बढी उडान प्रभावित

एजेन्सी – अमेरिकी हवाई यातायात प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार देशभर

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान

काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको

स्पेसएक्सको स्टारशिप परीक्षण असफल

एजेन्सी– अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई स्टारशिप रकेटको पछिल्लो परीक्षणमा

ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड

काठमाडौँ– देशका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान, संरक्षण र प्रचारप्रसार