आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार सन् २०२६ जनवरी १४ तारिख । माघ कृष्ण पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : धनलक्ष्मी योग परेको छ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ । परिवारको साथ मिल्नेछ ।

मिथुन : बोल्दा धेरै पटक सोच्नुपर्नेछ । तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन् । अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ । जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ ।

कर्कट : स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्राविधिक शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ ।

सिंह : शत्रु बढ्नेछन् । आज खर्च बढ्नाले मन अशान्त बन्नेछ । लामो यात्रामा ननिस्कनु उचित हुनेछ । आज नयाँ कामको थालनी नगर्नु उपयुक्त हुनेछ ।

कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । पारिवारिक मेलमिलाप हुनेछ ।

तुला : तपाईंको गला र कलाको प्रदर्शन गर्ने दिन छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ । स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : दिन राम्रो छ । ११ औं स्थानमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ । स्वदेशमा रोजगारीको विकल्प नदेख्दा मन उदास हुनसक्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

धनु : समय सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ ।

मकर : आज साथीले असहयोग गर्नेछन् । ठुलो सम्पत्ति खर्च नगर्नु राम्रो हुनेछ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्ने आवश्यकता छ । आलस्यता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । शुक्र तपाईंको लग्नमा पुगेकाले महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ । शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ ।

मीन : दिन राम्रो छ । स्वदेशमै सेवाको अवसर मिल्नेछ । समाजसेवामा समय बिताउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुने योग परेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : ३३ बजे

बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष

काठमाडौं – अहिलेको अवस्थामा वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारविरुद्ध सामाजिक

युक्रेनसहित नयाँ सदस्य राष्ट्रसँग ईयूको सदस्यता वार्ता दोस्रो चरणमा

ब्रसेल्स – युरोपियन युनियन (ईयू) ले युक्रेनसहित सदस्यता लिन इच्छुक राष्ट्रहरूसँग

राजधानीका सुकुम्वासीले पाउने छैनन् काठमाडौंमै जग्गा 

काठमाडौंका नदी किनारबाट विस्थापित गराइएका नागरिकलाई सरकारले निजको सम्बन्धित जिल्लामा

एकैदिन विपदका ७३ घटना, २ जनाको मृत्यु, एक बेपत्ता 

काठमाडौं– अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २०