तोकिएकै मितिमा निर्वाचन सफल पार्न सरकारले माहौल तयार गरिसक्यो : गृहमन्त्री अर्याल  « Khabarhub

तोकिएकै मितिमा निर्वाचन सफल पार्न सरकारले माहौल तयार गरिसक्यो : गृहमन्त्री अर्याल 


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैर-दलीय नागरिक सरकारको बनेको स्पष्ट पार्दै यसको अहिलेको प्रमुख  कार्यभार भनेकै देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।  

मधेश प्रदेश सरकार, गृह मन्त्रालय र प्रदेशकै गृह, सञ्चार र कानुन मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा बुधबार प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन मन्तव्यमा बोल्दै गृहमन्त्री अर्यालले यो नागरिक सरकार भदौ २३ र २४ गतेको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा वर्तमान सरकार निर्माण भएको र जेन-जी पुस्ता र तत्कालीन दलीय सहमतिमै अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको अवस्था स्पष्ट पारे । 

उनले भने, ‘यो नागरिक सरकार भएकैले पनि नागरिक र युवापुस्ताको जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ त्यसैले पनि यो सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि हट्दैन।’

यस्तै, विशेष अतिथिको रूपमा आफ्ना उद्घाटन मन्तव्य राख्नु हुँदै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजको गोष्ठीले मधेश प्रदेशको समग्र सुरक्षा अवस्था र आगामी निर्वाचनका लागि तय गरिनु पर्ने सुरक्षा रणनीति र निर्वाचन सफल पार्न फलदायी हुने विश्वास व्यक्त गरे। 

मुख्यमन्त्री यादवले हालै तराईका केही क्षेत्रमा देखिन खोजेको धार्मिक साम्प्रदायिकता र जेन-जी आदोलन पछि भएका भौतिक पूर्वाधारमा क्षति, लुटिएका हतियार र फरार कैदी बन्दी जस्ता सुरक्षा चुनौतीलाई गोष्ठीले सम्बोधन गरी समान धारणा बनाउने कुरा व्यक्त गरे । 

उनले प्रदेश प्रहरी समायोजन र सङ्घीय प्रहरी ऐनको आवश्यकता औँल्याउँदै, प्रदेशको प्रहरी भएन भन्ने नकारात्मक भाष्य बन्दै गएको र सङ्घको प्रहरी प्रदेशको अर्थात् (हाम्रो) हुन नसकेको प्रति कटाक्ष व्यक्त गरे ।    

मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतोले प्रदेश प्रहरी ऐनको आवश्यकता औँल्याउँदै, प्रदेश प्रहरी समायोजनको कार्य अघि बढ्न नसक्दा प्रदेश संरचनामा नदेखिने रूपले सुरक्षा चुनौती थपिँदै गएको बताए । 

स्वच्छ नियमनका लागि खुला सिमाना चुनौतीको रूपमा देखा परेको बताउँदै, मन्त्री महतोले भने, ‘त्यसका लागि जिल्ला प्रहरी र प्रदेश प्रहरीबिच र सशस्त्र प्रहरीबिच पनि समन्वयको आवश्यकता रहेको छ।’

उनले आजको गोष्ठी हाल सुरक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान र यसका समाधानका लागि पनि  फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : १६ बजे

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति