माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो « Khabarhub

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्राप्त तथ्यांकअनुसार पुस महिनाको तुलनामा माघमा बैंकहरूको निक्षेपको ब्याजदरमा सामान्य गिरावट आएको छ ।

वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती ब्याजदर पुस महिनामा ४.८६ प्रतिशत रहेकोमा माघ महिनाका लागि घटेर ४.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागततर्फको औसत ब्याजदर पनि पुसको ३.४५ प्रतिशतबाट घटेर माघमा ३.३८ प्रतिशत कायम भएको छ । 

समग्रमा, व्यक्तिगततर्फ औसत ०.१५ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशतले ब्याजदर घटेको छ ।

व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर

तथ्यांकअनुसार अधिकांश बैंकहरूले मुद्दतीतर्फको ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् । 

व्यक्तिगततर्फ हिमालयन बैंक र माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् । यस्तै, सिद्धार्थ बैंकले ०.४५ प्रतिशत, एभरेष्ट बैंकले ०.३५ प्रतिशत र लक्ष्मी सनराइज तथा सिटिजन्स बैंकले ०.२५ प्रतिशतले ब्याजदर कटौती गरेका छन् ।

ब्याजदर घट्दो प्रवृत्तिकाबीच प्राइम बैंकले भने व्यक्तिगततर्फको ब्याजदर ०.१५ प्रतिशतले बढाएर ४.४० प्रतिशत पु¥याएको छ ।

तर, माघ महिनाका लागि व्याक्तिगत तर्फ नेपाल बैंक ५.१०, ग्लोबल आइएमई बैंक ५.५०, नबिल बैंक ४.५५, राष्ट्रिय वाणिज्य बैंक ५, एनआइएमबि ५ र एनआइसी एशिया बैंकले ५ प्रतिशत सहित ब्याजदर स्थिर राखेका छन् ।

संस्थागत मुद्दतीतर्फको ब्याजदर

संस्थागत निक्षेपतर्फ एभरेष्ट बैंकले सबैभन्दा धेरै ०.५० प्रतिशतले ब्याजदर घटाएर ३.५० प्रतिशत कायम गरेको छ । लक्ष्मी सनराइज, हिमालयन र सिद्धार्थ बैंकले पनि संस्थागत ब्याजदरमा ०.२५ प्रतिशतले कटौती गरेका छन् । अन्य अधिकांश बैंकहरूले भने संस्थागत ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

माघ महिनामा ग्लोबल आइएमई बैंकको व्यक्तिगत ब्याजदर सबैभन्दा उच्च ५.५० प्रतिशत देखिएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा न्यून ४.३६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ३० बजे

राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई

काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख

बैंकिङ क्षेत्रको क्षेत्रगत कर्जा प्रवाह : उपभोगमा मात्रै २१.३३ प्रतिशत, व्यापार दोस्रो प्राथमिकतामा

काठमाडौं– नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा

सहमतिका लागि देउवासमक्ष ८ बुँदे प्रस्ताव, गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८

करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ ।